पत्रकारको निःशुल्क पीसीआर परीक्षण र उपचारको व्यवस्था मिलाउन माग

२०७७ कार्तिक १६ गते, आईतवार


काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश बिष्टले आज एक विज्ञप्ती जारी गर्दै उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क परीक्षण र उपचार भइरहेको सन्दर्भमा पत्रकारलाई पनि सोही व्यवस्था गर्न महासंघको माग छ । महासंघका अनुसार कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ । चार सय भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु