समयमै बाटो पिच नगरे पछि…

२०७७ कार्तिक १८ गते, मंगलवार


काठमाडौं । ललितपुर महानगरपालिका २६ र २७ नम्बर वडाका स्थानीय बासिन्दा सडक पिच नगरेको भन्दै संघर्षमा उत्रिएका छन । उनीहरुले तीन दिनदेखि ललितपुर, सुनाकोठी–चापागाउ सडकखन्डमा सवारी आवागमन ठप्प पारेका छन् । सडक पिच गर्ने ठेक्का पाएको सैलुङ कन्स्ट्रक्सनका ठेकेदार शारदाप्रसाद अधिकारीले पटक–पटक झुक्याएका कारण आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको स्थानीय युवाहरुको भनाइ रहेको छ ।
यही कात्तिक १६ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनीहरुले सवारी आवगमन ठप्प पारिरहेका छन् । बुधबारदेखि भने २४ सै घन्टा सडक अवरोध गर्ने र माग पूरा नभएसम्म आन्दोलन जारी रहने युथ ट्वेन्टी सिक्स ग्रुप यलःका उपाध्यक्ष विकास महर्जनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु