दुई लाख ७६ हजार थान पटाका नष्ट

काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले दुई लाख ७६ हजार थान पटाका नष्ट गरेको छ । करिव १४ लाख मुल्य बराबरको विभिन्न किसिमका पटाक ाकाठमाडौं जिल्ला अदालतका,जिल्ला प्रशासन कार्यालय काठमाडौ ,चन्द्रागिरि नगरपालिका लगायत प्रतिनिधि वडा नम्बर वडा अध्यक्ष कृष्ण प्रसाद शाहीको रोहवरमा भारी मात्रामा रहेको पटाका नष्ट गरिएको हो । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले नागढुंबाट चेकजाँचका क्रममा प्रहरी निरिक्षक हेमन्त विक्रम थापाको नेतृत्वमाको प्रहरी टोलीलले बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ठूलो परिणाममा पटाका बरामद गरेको थियो ।
नागढुंगाले महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएको अवस्थामा १० बोरा पटाका बरामद गरेको पटाका सवैको रोहवरमा नष्ट गरिएको डिएसपी श्रेष्ठले बताए । अनुसन्धानका क्रममा तत्काल बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरि विष्पोटक पदार्थ ऐन अन्तर्गत मुद्दामा अनुसन्धान भईरहेको छ ।
यस्तै सोमबार नागढुंगामै रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँच गर्ने क्रममा ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटाका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद गरिएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटका अनुसार रौतहटको पिन्टु जैसवालले पटाका ल्याएको खुलेको थियो । उक्त पटाका तिहारलाई लक्षित गरी काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ।
दुवै घटनामा मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ