आज फाल्गुनन्द जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूती, किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै जन्मजयन्तीका अबसरमा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरिन्छ ।
फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामको इभाङ–५ चुक्चिनाम्बामा भएको थियो । उनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत संघसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । उनलाई २०६६ साल मङ्सिर १६ गते सरकारले नेपालका १६औँ राष्ट्रिय विभूति घोषणा गरेको हो ।