काठमाडौँको तापक्रम ६.५ डिग्री !

२०७७ मंसिर ७ गते, आईतवार

काठमाडौं । काठमाडाैँ उपत्यकामा आज बिहान साढे ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएकाे छ । यद्यपि यसअघि शुक्रबार काठमाडाैँमा वर्षकै न्यून तापक्रम ५.५ डिग्री मापन भएकाे थियाे । उता जुम्ला र जाेमसाेमकाे तापक्रम क्रमशः -४.९ डिग्री र -५ डिग्री मापन भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि दिउँसो बदली हुनेछ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भोगमा मौसममा बदली हुने महाशाखाकाे भनाइ छ । राति पनि देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु