बैतडीमा जिप दुर्घटना : पाँच जनाको मृत्यु

२०७७ मंसिर ९ गते, मंगलवार


काठमाडौं । बैतडीको झुलाघाँटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जिप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पारवती चन्द, दनपा ४ भगीरथ पाण्डे, दनपा २ कृष्ण लावड र सुर्नयाँ ४का कलावती चन्द रहेको प्रहरीले जनाएको छ । त्यस्तै रविन्द्र चन्द, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट, प्रदिव लावड घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताला बैतडी ल्याइएको छ । जिप सडकबाट करीब सय मिटर तल खसेको भने भने चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण यकिन हुन नसकेको बैतडीका प्रहरी नायब उपरिक्षक नारायण अधिकारीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु