आज गुरु नानक जयन्ती

२०७७ मंसिर १५ गते, सोमबार


काठमाडाैँ । आज कार्तिक शुक्ल पूर्णिमा अर्थात् शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत गर्ने उनले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका थिए ।
गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले बताए । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस वर्ष कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]