आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

२०७७ मंसिर २४ गते, बुधबार


काठमाडौं । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसंघको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसंघीय महासन्धि सन् २००३ मा पारित गरेको थियो ।
सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ । महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदा हुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन । केही समय अघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]