मनोज गजुरेल पूर्वश्रीमतीबाट आजित : कानुनी उपचारमा जाने

२०७७ मंसिर ३० गते, मंगलवार

काठमाडौं । कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीको क्रियाकलापबाट लगातार आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पु-याएको भन्दै कानुनी उपचारमा जाने बताएका छन । गजुरेलले फेसबुकमा स्टाटसमार्फत पूर्वश्रीमतीको क्रियाकलापबाट लगातार आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पु-याएको भन्दै कानुनी उपचारमा जाने बताएका हुन । स्टाटसमा उनले एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको उल्लेख गरेका छ ।
मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद हुँदा छोरा बाबु र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको पनि उनले उल्लेख गरेका छन । सम्बन्धविच्छेदपछि मनोजमाथि विभिन्न आरोप र लाञ्छना लगाएर युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिएकि मिनाले, मनोजले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक भएपछि फेरि अनेकन लाञ्छना लगाउन थालेको गजुरेलको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]