निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन रोक्न निर्देशन

२०७७ पुष ७ गते, मंगलवार


काठमाडौं । सरकारले आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकेसँगै निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको छ । आयोगले यसअघि जारी राखेको मतदाता नामावली संकलन कार्य अर्को व्यवस्था नभएसम्मका लागि रोक्न जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको हो ।
आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई परिपत्र गर्दै मतदाता नामावली संकलन कार्य तत्कालका लागि स्थगित गर्न परिपत्र जारी गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]