आज क्रिसमस

२०७७ पुष १० गते, शुक्रबार


काठमाडौं। विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमस आज धुमधामका साथ मनाउँदै छन् । येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ । कोरोनाका कारण क्रिसमसमा सामाजिक दूरी कायम गरेर मनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गर्ने गरिन्छ ।
जिसस क्राइस्ट पनि भनिने येशुको जन्म करिब २ हजार वर्षअघि अविवाहित कन्या मारियमको कोखबाट भएको थियो । उनी आफ्ना अनुयायी र समस्त मानव जातिको मुक्तिका लागि क्रुसमा चढेको विश्वास गरिन्छ । नेपालमा पनि क्रिश्चियनहरुले क्रिसमस मनाउँदै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]