सहनशीला पहिलो महिला पुजारी

काठमाडौँ । गुठी संस्थान शाखा कार्यालय काठमाडौँले सहनशीला शर्मा झालाई १ वर्ष परीक्षण काल रहने गरी पाँचवर्षका लागि पुजारी नियुक्ति गरेको छ । झाले असन अन्नपुर्ण मन्दिरमा पुजारीको नियुक्ति पाए संगै पहिलो महिला पुजारी बनेकी हुन् । कुनै पनि महिलालाई पुजारी नियुक्ती गर्ने नियम गुठी संस्थान मा रहने परम्परा नभएपनि सहनशीलाले लगातार प्रयास गरेपछि नियुक्ति पाएकी हुन् ।
यसअघि पुजा गर्दै आएका प्रमोद झा शर्माको सट्टामा सहनशीलालाई नियुक्त गरिएको जनाएको छ । आफूले महिला महिला पुजारी किन नहुने भन्ने प्रश्न गर्दा ‘महिला पुजारी हुन मिल्दैन’ भन्ने जवाफ पाउने गरेको तर पनि प्रयास गरीरहे पछि नियुक्ति पाउन सफल भएको उनले बताइन् ।
छोरालाई मात्र दिँदै आएको परम्परालाई आफूले जितेको भन्दै उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्- ‘पुर्खाले गर्दै आएको पुजाआजा परम्परामा संधै छोरालाई मात्र अधिकार दिईन्थ्यो आज मैले यो परम्परालाई जीतें । ’