अपहरणमा परेका बालकको सकुशल उद्धार

२०७७ माघ २३ गते, शुक्रबार


काठमाडौं । प्रहरीले सिरहा सदरमुकामबाट दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालक प्रियन्सु यादवलाई बिहीबार राति भारतबाट सकुशल उद्धार गरेको छ । अपहरणमुक्त हुनेमा सिरहा नगरपालिका १ रामजानकी चौकमा घर रहेका प्रदीप यादवको २ वर्षिय छोरा इशान्त भन्ने प्रियान्सु यादव रहेका छन । बालकलाई नेपाल–भारत सिमापारिबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । बालकलाई नेपालबाट करिब सात किलोमिटर टाढा भारतको खारजेडी ठाउँमा राखिएको थियो । बालकलाई अपहरणमुक्त गरिए पनि अपहरणकारी भने समातिएका छैनन् । बालकलाई के कारण अपहरण गरिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ आफ्नै घरको आगनमा खेल्दै गरेको २ वर्षिय बालकलाई डुलाउने भनेर अपहरणकारीले अपहरण गरेको थियो । उनका बुवा प्रदीप वैदेशिक रोजगारीमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]