हेटौँडा–काठमाडौं यातायात सेवा अवरुद्ध

२०७७ माघ २५ गते, आईतवार


काठमाडौं । त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको छ । सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । उनले मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए । हेटौँडाबाट गएका सयौँ सवारी साधन सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]