भागरथीको हत्याको विरोधमा बृहत र्यालीसहित कोणसभा

२०७७ माघ २७ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बैतडीले भागिरथी भट्टको बलात्कारपछि हत्या भएको विरोधमा बृहत र्यालीसहित कोणसभा गरेको छ । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडको सलेनामा भएको कार्यक्रमलाई अखिल नेपाल महिला संघ क्रान्तिकारी सेतीमहाकाली संयोजक पुर्णिमा धामीले सम्बोधन गर्दै देउलेक ७ कतुला बस्ने भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्याको विरोधमा भएको सभालाई सम्बोदन गर्दै उनले बलात्कारीहरुलाई सार्वजनिक गर्न सरकारलाई चेतावनी दिदै महिला दिदी बहिनीहरुलाई एक ढिक्का भई गोलबन्द हुन आह्वान गरिन् । साथै अहिलेको राज्य व्यवस्थाले न्याय दिन नसकेकै कारण दिनप्रतिदिन यस्ता जघन्य अपराध बढिरहेको भन्दै सम्पूर्ण महिलाहरु न्याय र मुक्तिका लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्न पनि अपिल गरेकी छिन् । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव लक्ष्मणले कोणसभालाई सम्बोधन गर्दै सरकारले बलात्कारीहरुलाई छिटो सार्वजनिक नगरे थप संघर्षका कार्यक्रमहरु गर्ने उद्घोष गरे । उनले उक्त घटनाको निश्पक्ष ढंगले छानबिन गरि बलात्कारीलाई सार्वजनिक गर्न सुरक्षा निकायहरुलाई आह्वान गरे । कार्यक्रमको अन्तमा पार्टी एरिया ईन्चार्ज आजादले कोणसभा समापन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]