६ महिला संगठनद्वारा भागरथीको बलात्कार र हत्याको विरोध

२०७७ माघ २८ गते, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सहित ६ वटा महिला संगठनले भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोध गरेको छ । ति संगठनले बलात्कार जस्तो जघन्य अपराधमा अधिकांश पीडितहरुले न्याय नपाएको भन्दै उनीहरु दोषीउपर कडाभन्दा कडा सजायको माग समेत गरेका छन । ६ वटा महिला संगठनद्वारा जारी बिज्ञप्तिमा गएको ७ वर्षमा १४ हजार महिला र बालिका बलात्कारजन्य हत्या, हिंसामा परेको तथ्यांक प्रस्तुत गर्दै यो अवस्था ‘मुलुकै लागि दूभाग्यपूर्ण’ भएको जनाएका छन् । संयुक्त महिला संघ संघर्ष समितिले बैतडीकी किशोरी भागरथी भट्टको पनि बलात्कार पछि हत्या भएको उल्लेख गर्दै बालिका र महिलामाथि भइरहेको यस किसिमको मानवताविरोधी जघन्य अपराधको अबिलम्ब निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग समेत गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]