आज बसन्त पञ्चमी

२०७७ फाल्गुन ४ गते, मंगलवार


काठमाडौं । आज माघ महिनाको शुक्लपक्षको पञ्चमी अर्थात बसन्त पञ्चमी । आज ज्ञानको देवी, देवी सरस्वतीको पर्व धूमधामका साथ मनाइने गरिन्छ। ग्रेगोरियन क्यालेन्डरका अनुसार यो चाड जनवरी वा फेब्रुअरी महिनामा पर्दछ। बसन्त पञ्चामी ज्ञानको देवी माता सरस्वतीलाई समर्पित छ। यस दिन माता सरस्वतीको पूजा गर्ने चलन छ । सरस्वती मातालाई ज्ञान, कला र संगीतको देवी भनिन्छ।
पचमी तिथि मंगलबार बिहान साढे ३ बजे सुरु भएको छ, जुन बुधवार बिहान ५ बजेर ५८ बजेसम्म रहनेछ। मंगलबार ११.३० देखि १२.३० को बीचमा सरस्वती पूजाको सबैभन्दा उत्तम शुभ समय छ ।
यस पटक बसन्त पञ्चमीको अवसरमा रवि योग र अमृत सिद्धि योगको विशेष संयोजन बनाईएको छ। दिनभरि रवि योगको उपस्थितिको कारणले यसको महत्व बढेको छ। उपासनाको शुभ समय बिहान ६ बजेर ५९ देखि दिउँसो १२ बजेर ३५ मिनेट सम्म हुन्छ। यस मुहूर्तमा पूजा गर्दा अधिक लाभ हुन्छ।

प्रतिक्रियाहरु

[anycomment]