ज्येष्ठ नागरिकलाई कोरोना खोप दिइँदै

२०७७ फाल्गुन २३ गते, आईतवार

काठमाडौँं । आजदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । काेराेना खाेपकाे दोस्रो चरणअन्तर्गत उक्त उमेर समूहलाइ खाेप दिन लागिएकाे हाे ।
यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ । साथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप दिइनेछ । दोस्रो चरणको यो अभियानमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको उद्देश्य रहेको छ । त्यस्तैगरी आइतबार नै संवैधानिक निकायका पदाधिकारीहरुले कोरोना बिरुरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्थास्थ्य मन्त्रमलयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]