युवा संगठन कैलारी गाउँ कमिटीको अध्यक्षमा चौधरी

२०७७ फाल्गुन २९ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले कैलारी गाउँ कमिटी गठन गरेको छ । अध्यक्षमा आशराम चौधरी, उपाध्यक्ष सुरज चौधरी, सचिव दिपक चौधरी, सहसचिव वेदप्रसाद, कोषाध्यक्ष संजिव कठरिया र सदस्यहरु अरुण, पार्वती, नरबहादुर, जियाराम, दिलबहादुर, रामचरण, नरेन्द्र लगायत १५ जनाको कमिटी गठन गरिएको हो । भेला कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी करन थारु अतिथिमा युवा संगठन नेपाल कैलालीका संयोजक पुष्प भट्ट, कैलाली जिला सचिवालय सदस्य कैलारी एरिया इन्चार्ज विरु चौधरी, कैलरी एरियाका राजेस रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]