जनपत्रकार संगठनद्वारा भक्तपुरमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन

२०७७ चैत्र १ गते, आईतवार


काठमाडौं । जनपत्रकार संगठन नेपाल, भक्तपुरको भेलाले शोभराज बराललको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको छ । सम्वाद चौतारीमा आयोजित भेला संगठनका केन्द्रीय संयोजक शेरवहादुर विक ‘दर्शन’ को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । संगठनले विभिन्न खालका अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, जनपक्षिय पत्रकारीता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल र बहस गर्ने निर्णय गरेको छ ।


उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला इन्चार्ज विजय र सेक्रटरी सुजनको उपस्थिति रहेको थियो । भेलामा बोल्दै इन्चार्ज विजयले भक्तपुरमा भइरहेको बेथिति र विसंगतिहरुको उजागर गर्दै जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । ‘भक्तपुरमा नेकपा एमालेका नेता महेश बस्नेतले ज्यादति गरिरहेका छन् । उनले गरेको ठूला भ्रष्टाचारका काण्डहरुको प्रदाफाँस गर्नुहोस् ।’ उनले भने, ‘त्यसका लागि पार्टीले के गर्न पर्छ हामी तयार छौँ ।’
उक्त भेलालाई सम्बोधन गर्दै जनपत्रकार संगठनका संयोजक दर्शनले जनपक्षिय पत्रकारिताका लागि कुनैपनि प्रकारको सम्झौता नगर्न सबै पत्रकारलाई आग्रह गरे ।

प्रतिक्रियाहरु

[anycomment]