जनपत्रकार संगठन नेपाल दाङको संयोजकमा राजु चयन

२०७७ चैत्र १ गते, आईतवार


काठमाडौँ । जनपत्रकार संगठन नेपाल, दाङको प्रथम भेला सम्पन्न भएको छ । सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले जनपत्रकार संगठन नेपाल श्रमजीवी हकहित र जनपक्षीय पत्रकारिताको विकासमा प्रतिबद्ध संगठन भएको बताए । अहिलेको परिवेशमा पत्रकारिता पेशा आधारभुत मूल्य मान्यता विपरित रहेको बताउँदै उनले पत्रकारिता निश्पक्ष, सत्य, तथ्य र खोजमुलक हुनुपर्नेमा जोड दिए । प्रमुख अतिथि वलीले जनपत्रकार संगठनले निरन्तर कलमको माध्यमबाट परिवर्तनको पक्षधरता कायम राख्ने विश्वास व्यक्त गरे ।
भेलामा विशिष्ट अतिथि जनपत्रकार संगठन नेपाल, राष्ट्रिय सम्मेलन आयोजक समितिका कार्यालय सचिव जानकी चाैधरीले आस्था, विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि जुझारु टिम निर्माण गर्न सुझाव दिईन । उनले भनिन -“पत्रकारहरुको तागत कलम हो, त्यही कलम न्याय, स्वतन्त्रता, समानता, स्वाधीनता, वास्तविक शान्ति र निरन्तर जनताको पक्षमा चलाउनुस् ।”
भेलाले हेमन्त प्रकाश वली राजु´को संयोजकत्वमा ११ सदस्यीय जनपत्रकार संगठन नेपाल, दाङ जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । जसको सदस्यहरुमा डिल्लीराज भुसाल, प्रकाश वली, रमेश चौधरी, शिवराज वली, खगेन्द्र डाँगी, देवकृष्ण राणा, दिपक विक, निश्चल डाँगी, शरद पाण्डे र वासुदेव वली रहेका छन् । भेलामा युवा संगठन नेपाल, दाङ जिल्ला संयोजक मनोजले मन्तव्य राखेका थिए भने बधाई मन्तव्य नेकपा तुलसीपुर नगर इन्चार्ज अमर र विशेष जिल्ला कमिटी सदस्य राजकुमार क्षेत्रीले राखेका थिए । जनपत्रकार संगठन नेपाल, दाङ जिल्ला संयोजक हेमन्त प्रकाश वलीराजु´को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रकाश वलीले गरेका थिए ।जनपत्रकार संगठन नेपाल दाङले चैत अन्तिमसम्म जिल्ला सम्मेलन गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]