हात्तीको आक्रमणबाट महिलाको मृत्यु !

२०७७ चैत्र ८ गते, आईतवार


काठमाडौं । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेल हुन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आइतबारबिहान जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो। हात्तीले तीनवटा घर पूर्णरूपमा क्षति पु-याएको छ ।

प्रतिक्रियाहरु

[anycomment]