‘जातीय छुवाछूतको समस्या आम श्रमजीवी जनताको समस्या’

२०७७ चैत्र ९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ ले जातीय छुवाछूतको समस्या आम श्रमजीवी जनताको समस्या रहेको बताएका छन् । आज काठमाडौँको बसन्तपुर डबलीमा ५६ औँ अन्तर्राष्ट्रिय रङ्ग जातीय रङ्गभेद दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित गैरसरकारी संस्था महासङ्ग, संयुक्त दलित जातीय संघर्ष समिति, जातीय विभेद विश्व मञ्च र युथ एड्भोकेसी लगायतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले, जबसम्म सर्वहारा वर्गको राज्यसत्ता निर्माण हुन सक्दैन त्यो समयसम्म सर्वहारा वर्गको उन्मुक्ति हुन नसक्ने बताए । उनले वैज्ञानिक समाजवाद की संसदीय व्यवस्था हुने भन्ने विषयमा जनमत संग्रहमार्फत राजनीति निकास निकल्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]