गलैँचा मजदुर सङ्घको अध्यक्षमा विशाल सुब्बा

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलनले विशाल सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको उपाध्यक्षमा अरुण श्रेष्ठ अर्का उपाध्यक्ष रमेश मगर, सचिवमा बालकुमार केसी, कोषाध्क्षमा सिबराम तामाङ र केन्द्रीय सदस्यहरूमा सबिता तामाङ र सुजिना तामङ निर्वाचित भएका छन् ।
सो सम्मेलनलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारीले ट्रेड युनियन महासङ्घका संयोजक विनोद थापाले गलैँचा मजदुरले अझैँपनि दुःख पाइरहेकोले असली उत्पीडित सिकार महिला श्रमिक बन्नु परिहेकोले अब मजदुर सङ्घ सङ्गठनले उहाँहरूको बेदना टुलुटुलु हेरेर बस्न नसकिने बताउँदै सम्मेलनमा उपस्थित सबैलाई आन्दोलनको अपिल गरेका थिए ।
त्यसैगरी अर्का अतिथि शिशिर थापाले मजदुरको समस्या क्रान्तिबाट मात्र हल हुने बताउँदै नयाँ सिराबाट मजदुर आन्दोलन उठाउँन एकीकृत जनक्रान्तिमा लाग्नुपर्ने अहिलेको दलाल व्यवस्था नै मजदुर वर्गको बाधक रहेकोले वैज्ञानिक समाजवाद एउटा उत्तम व्यवस्था रहेकोले सबै गोलबन्द हुनुपर्नेमा जोड दिए ।
विशाल सुब्बाको अध्यक्षतामा प्रमुख अथिति महासङ्घको संयोजक बनोद थापा र विशेष अतिथि शिशिर थापामगर रहेको उक्त सम्मेलनमा बालकुमार केसीले स्वागत मनतब्य राखेका थिए भने रमेश सुनुवारले सञ्चालन गरेका थिए ।