युवा संगठन ललितपुरको सम्मेलन बैशाख २८ गते

२०७८ बैशाख ७ गते, मंगलवार


काठमाडाैँ । युवा संगठन नेपाल ललितपुर जिल्लाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । युवा संगठन नेपाल जिल्ला संयोजक सुदिपको अध्यक्षतामा सेमबार बसेको बैठकमा प्रमुख अतिथि युवा संगठन नेपाल उपत्यका विशेष ब्युरो इन्चार्ज प्रविन धामी ‘सुमन’, विशेष अतिथिहरु नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला सेक्रेटरी रुपसिंह बोहरा, नेकपा महानगर पार्टी इन्चार्ज ब्रजाचार्यको उपस्थिति रहेको थियो ।
उक्त बैठकले युवा संगठन नेपाल, ललितपुर जिल्लाको जिल्ला सम्मेलन यही बैशाख २८ गते गर्ने निर्णय गरेको छ । साथै युवा संगठन नेपालले सामाजिक विकृति विसंगतिका विरुद्ध विभिन्न भण्डाफोरमूलक संर्घषका कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
उक्त बैठकमा स्रजकलाई दोसल्ला ओढाई सम्मानसहित युवा संगठनबाट बिदाइ गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]