युवा सङ्गठन गैँडाकोटको अध्यक्षमा प्रितम

काठमाडौं । युवा सङ्गठन नेपाल नवलपुरअन्तर्गत गैँडाकोट नगर समितिको प्रथम भेलाले प्रितमको अध्यक्षतामा १९ सदस्यीय नगर समिति चयन गरेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल नवलपुर दोस्रो जिल्ला सम्मेलन आयोजक समिति संयोजक अविनाशले वर्तमान दलाल संसदीय व्यवस्थाबाट कुनै पनि समस्याको पूर्ण समाधान नभएको भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले युवाहरूको काँधमा ठूलो जिम्मेवारी थपिएको भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन सम्पूर्ण युवाहरूलाई आह्वान पनि गरे ।