ट्रेड युनियन महसंघ सिन्धुपाल्चोकको संयोजकमा कृष्णलाल श्रेष्ठ

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघ सिन्धुपाल्चोक जिल्लाको प्रथम भेलाले ९ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघ जिल्ला समिति निर्माण गरेको छ । उक्त समितको संयोजक कृष्णलाल श्रेष्ठ, सदस्यहरु रोहन श्रेष्ठ, सुमन श्रेष्ठ, होम नारायण श्रेष्ठ, हिरा थामी लगायतका सदस्य चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै महासंघका संयोजक विनोद थापाले राजधानी नजिक रहेर पनि अति पिछडिएको जिल्ला हुनु दुखत रहेको र जनताले हरेक राजनीतिक परिवर्तनलाई साथ दिएपनि यहाँका मुठ्ठिभरका दलालका कारण मजदुरहरूले पिडा भोगिरहेको बताउँदै यस्ता तत्वहरुलाई परास्त गर्न जिल्ला महासंघ सक्षम हुने बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज युगीनले जनताले चाहेको व्यवस्था आइनसकेकाले राष्ट्रघात, जनघात बढ्नुका साथै यस क्षेत्रको जथाभावी प्राकृतिक दोहन उत्खननको कारण जिल्ला कुरुप र महाविपत्तिको सामाना गर्नुपरिरहेको बताए । जिल्लामा काम गर्ने हाइड्रो खानी, यातयात, उद्योग, निर्माण लगायतका मजदुरहरू चरम श्रम शोषणमा परेकोले अन्यायको विरुद्ध डटेर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
साथै उनले अब जनताले आफ्नो व्यवस्था चुन्ने अघिकार आफैले पाउनुपर्ने बताउँदै पार्टीले गाउँगाउँमा अभियान पुर्याउदा स्थानीय जनता खुशी भएको र दलाल सत्ताको तावेदारी गर्नेहरुको निदहराम भएको बताए ।
भेलामा मजदुर आन्दोलनको बारेमा महासंघको ताम्सालिङ्ग क्षेत्रीय समन्वय समितिका संयोजक जित थामीले प्रष्ट पारेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सुमन श्रेष्ठले राखेका थिए ।