दलित मुक्ति मोर्चा मकवानपुरको अध्यक्षतामा श्याम सेञ्चुरी

काठमाडाैँ । दलित मुक्ति मोर्चा मकवानपुरको दोश्रो भेलाले श्याम सेञ्चुरीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। भेलामा दलित मुक्ति मोर्चा नेपालको महासचिव रामलाल विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै नेकपा मकवानपुरका जिल्ला इन्चार्ज राम घलान (वाटर) को विशेष आतिथ्यता, जिल्ला सेक्रेटरी सुर्य अर्याल र धर्मराज विक लगायतको आतिथ्यता रहेको थियो।
उक्त भेला दलित मुक्ति मोर्चा मकवानपुरका जिल्ला संयोजक श्याम सेञ्चुरीको अध्यक्षतामा सम्पन्न भएको हो।