दलित मुक्ति मोर्चा सर्लाहीको अध्यक्षमा रामपुकार राम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चा सर्लाहीको प्रथम जिल्ला सम्मेलनले अध्यक्षमा रामपुकार राम, सचिवमा सरण विक, कोषाध्यक्षमा किरण देवी पासमान र सदस्यहरूमा चिन्ता देवी पासमान, चन्द्रमाया विश्वकर्मा, नन्दु राम र रामसागर राम लगायत ९ सदस्यहरू निर्वाचित गरेको छ ।
सो सम्मेलनमा सर्लाही–महोत्तरी संयुक्त जिल्ला इन्चार्ज कमल सुस्लिङ ‘हिमाल’ प्रमुख अतिथि रहेका थिए भने सोही जिल्लाका सेक्रेटरी जनक राउत ‘निश्चल’ र दलित मुक्ति मोर्चा जनकपुर व्युरोका संयोजक राजु विकको आतिथ्यता रहेको थियो । मन्तव्य राख्ने क्रममा जिल्ला इन्चार्ज हिमालले दलितहरूको इतिहास पल्टाउँदै दलितमाथि दमन शोषण गर्नेको खिलाफ् दलित आफैँले एकजुट भएर सङ्घर्ष गरे दलितको समस्या समाधान हुने बताए ।
मन्तव्यकै क्रममा जिल्ला सेक्रेटरी निश्चलले समस्याबाट पन्छिनु भन्दा पनि समस्यालाई नै पन्छ्याउनु पर्ने र सो समस्याको निर्मुलन गर्न विप्लवकै कार्यदिशाले सक्ने दाबी गर्दै एकीकृत जनक्रान्तिका निमित्त तयार हुन अपिल गरे । यसैगरी दलित मुक्ति मोर्चा जनकपुर व्युरो संयोजक राजु विकले दलित कसरी माथि उठ्ने र दलित मुक्ति मोर्चा किन स्थापना गर्नु पर्यो तथा किन यसरी सङ्गठन बनाउँदै हिड्नु पर्यो भन्ने बारे प्रस्त्याएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य महिला नेतृ सुनिता झाले राखेकी थिइन् भने सञ्चालन अखिल (क्रान्तिकारी) सर्लाही जिल्ला संयोजक अर्पण पौडेलले गरेका थिए ।