दलित मुक्ति मोर्चा नवलपरासीको अध्यक्षमा दुसाद

२०७८ बैशाख १३ गते, सोमबार


काठमाडौं । दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको जिल्ला भेलाले विजयकुमार दुसादको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । जसको सचिवमा घिसिया यावन चमार, कोषध्यक्षमा ज्ञानती चमार चयन भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाद्वारा आयोजित कार्यक्रममा नेकपा लुम्बिनी व्युरो सदस्य तथा नवलपरासी इन्चार्ज धीरजले सबैखाले युवाहरूको समस्या वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको भन्दै वर्तमान दलाल पुँजीवादी व्यवस्थालाई अन्त्य गर्नुपर्ने बताए । उनले आम उत्पीडित जनसमुदाय, युवा, महिला अर्थात् श्रमिक जनताको सबै भन्दा सुन्दर व्यवस्था नै वैज्ञानिक समाजवाद भएको र यो व्यवस्था स्थापनार्थको लागि सम्पूर्ण नवजवान युवाहरू एकीकृत जनक्रान्तिको कार्यदिशामा सामेल हुन अपिल समेत गरे । उक्त कार्यक्रमको सञ्चालन अनिल थारुले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]