जनपत्रकार संगठन अछामको अध्यक्षमा खेमराज बुढा

काठमाडौं । जनपत्रकार संगठन नेपाल अछामको प्रथम जिल्ला भेलाले खेमराज बुढालाई अध्यक्ष चयन गरेको छ।
भेला कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका अछाम जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सन थिए, कार्यक्रमका अतिथि जनपत्रकार संगठन नेपाल सेती महाकाली ब्युरो संयोजक प्रकाश थापा, अतिथी अछाम जिल्ला DCS निरक शाही , जिल्ला पार्टी कार्यलय सचीव लोकेन्द्र शाही , बान्निगढी जयगढी र मेल्लेख गा पा इन्चार्ज तिलक बिष्ट ,साफेबगर नगर पालिका र चौवरपाटी गा पा इन्चार्ज करन साउद ,युवा संगठन नेपाल अछाम जिल्ला अध्यक्ष शेर ब साउद , अखिल क्रान्तिकारी विद्यार्थी संगठन अछाम जिल्ला अध्यक्ष दिपेन्द्र जयगढी , प्रभाशी संगठनका नगर उपाध्यक्ष एम बि चलाउने अतिथि थिए।
प्रथम जिल्ला भेलाबाट खेमराज बुढा को नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ। उपाध्यक्ष सुरेश रावत, सचिव अर्जुन लुहार सह-सचिव बिनिता तिरुवा र कोषाध्यक्ष कमल वि.क रहेका छन . ।
आयोजक कमिटी संयोजक खेमराज बुढाको अध्ययक्षतामा कार्यक्रम संचालन भएको थियो र कार्यक्रमको संञ्चालन आयोजक कमिटी सदस्य अर्जुन लुहारले गरेका थिए र स्वागत मन्तव्य सुरेश रावतले राखेका थिए।