युवा सङ्गठन स्याङ्जामा मक्कन

२०७८ बैशाख १४ गते, मंगलवार


काठमाडौं । युवा सङ्गठन नेपाल स्याङ्जाको भेलाले मक्कन गुरुङको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि तथा गण्डक ब्युरो सदस्य रूपेशले नेपालमा संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सम्पूर्ण प्रगतिशील युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा नेकपा स्याङ्जा जिल्ला इन्चार्ज रुबेल, युवा सङ्गठन नेपाल गण्डक–धौलागिरि संयोजक विजय, स्याङ्जा जिल्ला सेक्रेटरी सागरलगायतले मन्तव्य राखेका थिए ।
युवा सङ्गठन स्याङ्जा आयोजक समिति संयोजक मक्कन गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जनपत्रकार सङ्गठन स्याङ्जाका संयोजक सुदीप भट्टराईका साथै जनयुद्धमा स्याङ्जा जिल्लाबाट सहिद भएका महान् सहिद तथा बेपत्ता योद्धाका परिवारजनको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी स्याङ्जाका संयोजक अमृतले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]