जनपत्रकर संगठन बाजुराको अध्यक्षमा बिमल शाही

काठमाडौँ । जनपत्रकार संगठन नेपाल बाजुराको प्रथम भेलाले बिमल शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ सो भेलामा सम्बोधन गर्दै नेकपा बाजुरा सेक्रेटरी भरत थापाले पार्टीले अगाडी सारेको एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद पुग्ने बाटो लाई पत्रकारहरुले ऐक्यबद्धता जनाउँदै संचार माध्यमद्वारा व्यापकता ल्याउनु पर्ने बताए । सो भेलालाई सम्बोधन गर्दै जनपत्रकर संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकारिता भनेको महत्वपूर्ण मोर्चा र शक्ति भएकाले पार्टीको मिसनलाई साथ दिदै समाजमा भएका विकृति र विसंगतिको विरुद्धमा बोल्नु र लेख्नु पर्ने बताए ।
जिल्ला संयोजक बिमल शाहीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथी नेकपा बाजुरा जिल्ला सेक्रेटरी भरत थापा,विशिष्ट अतिथी जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा,अतिथिहरु नेकपा बाजुरा जिल्ला सदस्य विलास, रक्तिम,पार्वती,स्टार र शेर्पा थिए भने भेलाको सञ्चालन खेमराज विश्वकर्माले गरेका थिए।