नेपाल–भारत सीमा नाकामा झडप : एक प्रहरी र आठ व्यापारी घाइते

२०७८ जेष्ठ १० गते, सोमबार

काठमाडाैँ । नेपाल–भारत सीमा नाकामा झडप हुदा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको हो ।
बोर्डर आउट पोष्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करीब ८ बजे ५०/६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ । स्थानीयले भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको बताएका छन् ।
यता भारतीय व्यापारीहरुले भने सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिंदा कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीको कुटाइबाट आठ भारतीय व्यापारी घाइते भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु