सुकेटार विमानस्थलको नाम यथावत राख्न माग

२०७८ जेष्ठ १७ गते, सोमबार


काठमाडौं । ताप्लेजुङमा क्रियाशील सात राजनीतिक दलले सुकेटार विमानस्थलको नाम यथावत राख्न माग गरेका छन् । सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र ईतिहास माथी आक्रमण गर्न खोजेको भन्दै उनीहरुले गम्भिर आपत्ति जनाएका हुन् । विकासका नाममा स्थानीय जनताको मौलिकतामाथी हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै उनीहरुले यसलाई सच्याउन सरकारसंग माग गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र संघिय लिम्बूवान मञ्च नेपालले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यसलाई नसच्याए शसक्त प्रतिरोध गर्ने जनाएका छन् । सरकारले शनिबार बजेट सार्वजानिक गर्दै सुकेटार विमानस्थलको नाम परिवर्तन गरि रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने जनाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]