हरेक बुधबार श्रम स्वीकृति दिइने
काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी २०७७ वैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा बन्द गरेको थियो । यसैबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए ।