आज बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस

२०७८ जेष्ठ २९ गते, शनिबार


काठमाडौं । आज बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस । कोरोना महामारीको बीच भर्चुअल माध्यमबाटै भएपनि बालश्रम रोकथाम तथा बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइदैँछ । नेपालको संविधानले कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाएको छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ । तर सरकारी नीति र योजनामा जे जस्ता कुराहरु उल्लेख गरिएपनि मुलुकमा जोखिमयुक्त बालश्रम घटेको छैन । केन्द्रीय तथ्यांक विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षण २०७६ अनुसार नेपालमा १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न रहेका छन् । उनीहरुमध्ये अधिकांश अत्यन्तै जोखिमयुक्त अवस्थामा कार्यरत छन् ।

प्रतिक्रियाहरु

[anycomment]