श्रीमतीमाथि एसिड प्रहार !

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षिया दिपिका विक माथि एसिड प्रहार भएको हो । विकलाई उनकै श्रीमान दिपक विकले एसिड प्रहार गरेका हुन् । घरमा झगडा परेपछि केही छिन बाहिर गएका दिपकले बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा दीपीकाले खोस्ने प्रयास गरेकी थिइन् । सोही क्रममा उनको हात र पेटको भागमा एसिड परेको घाइते दिपिकाले बताइन । उनको चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।
दिपिकाको शरिरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । उनको देब्रे हात र पेटमा एसिड परेको छ । पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमानले एसिड आक्रमण गरेका थिए । एसिड प्रहार गर्ने श्रीमान् दिपकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेका थिए । पक्राउ परेका विकलाई आवश्यक अनुसन्धान पछि कानून बमोजिमकको कारवाही हुने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए ।