अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरले ललितपुर, भैँसीपाटीमा अति विपन्न मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गर्ने कार्य सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो महासङ्घले २५ घरपरिवारलाई राहत वितरण गरेको बताइएको छ । नेकपा ललितपुरका सेक्रेटरी रमेश डङ्गोल तथा ट्रेड युनियन महासङ्घका उपत्यका समन्वय समिति संयोजक शिशिरले संयुक्त रूपमा राहत वितरण गरेको बतैएको छ । उक्त कार्यक्रममा यातायातको केन्द्रीय उपाध्यक्ष लालबहादुर लामा र मजदुर जिल्ला नेता प्रवीन तामाङको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन मजदुर जिल्ला अध्यक्ष राम कुमार मगरले गरेका थिए ।