नेकपा इलाम जनसेवामा

२०७८ असार १३ गते, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलाम जनश्रम, कोभिड पिडित जनतालाइ सहयोग, आफ्नै आन्तरिक उत्पादन र कार्यकर्ताहरुको बैचारिक स्तरलाइ सुदृढ गर्न निरन्तर स्कुलिङ्गमा समेत लागेको छ । यसैक्रममा पार्टिले माइ नगरपालिकाका र रोङ्ग गांउपालिकामा जनश्रम गरेको छ । यसमा भत्किएका बाटो मर्मत, खानेपानीको मुहान सरसफाइ र कुलो पैनीहरुको मर्मत गर्ने काम गरेको छ । साथै कोरोना पिडित जनतालाई सकेको सहयोग गर्दै स्थानिय पालिका संग सम्वनय गर्दै उनिहरुको उपचार र उद्धारमा समेत सहयोग गरिरहेको छ ।
यस्तै गरेर आफ्नै आन्तरिक उत्पादनको निम्ति १५ रोपनि जग्गा लिजमा लिएर बाख्रापालन, फलफुल र सब्जी खेतिको समेत तयारीमा समेत पार्टी जुटेको छ । यस्तैमा अलैंची र अदुवा समेत रोप्ने काम पार्टिले गर्न थालेको छ । पार्टीले इलामका सम्पुर्ण शहिदहरुको स्मरण र सम्मानमा एउटा सहिद समाजघर निर्माण गर्ने तयारी स्वरुप ५ रोपनि जग्गा लिंदै कामलाई अगाडि बढाएको जिल्ला सचिब मौसमले जनाए ।
कोरोना महामारिका कारण जनतामा सहजै जान असजिलो भएपनि आफ्नो राजनितिक बिसय जनतामा पुगाउन र सबै संग छलफलको वातावरण बनाउन पार्टिले पहल गरिरहेको र यतिबेला पार्टि र सबै जबस श्रम र अध्यनमा जोडिएको जिल्ला इन्चार्ज सुमनसिंहले बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]