तिब्बती शरणार्थीहरुको परिचयपत्र नविकरण !

२०७८ असार १८ गते, शुक्रबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय बागलुङले ढोरपाटनमा बसोबास गर्दे आएका तिब्बती शरणार्थीको परिचय पत्र नविकरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको टोली ढोरपाटन पुगेर शिविरमा रहेका शरणार्थीको परिचय पत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । हरेक वर्षको असार मसान्त भित्र नविकरण गर्नु पर्ने नीति अनुसार उनीहरुको परिचय पत्र नविकरण गरेको पौडेको भनाइ छ । ढोरपाटनमा बसोबास गर्दै आएका २ सय ६० जना जनामध्ये हाल ५० जनाको मात्रै परिचय पत्र रहेको पौडेलको भनाइ छ । तिब्बतीहरु २०१६ सालमा शरणार्थीका रूपमा ढोरपाटन आएका हुन् ।
सरकारले शरणार्थीको बसोबासका लागि अस्थायीरूपमा जग्गा व्यवस्थापन गरेको छ । यहाँका शरणार्थीहरु शहरी क्षेत्रमा पुगेर श्रम र रोजगरीबाट जीविकोपार्जन गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु