भारी वर्षाका कारण मकवानपुरका विभिन्न क्षेत्रमा जोखिम उत्पन्न

२०७८ असार २० गते, आईतवार


काठमाडौँ । लगातार बर्षाको कारण मकवानपुरका केहि स्थान डुबानमा पर्नुका साथै केही सडक खण्डहरू पहिरोका कारण अवरुद्ध भएका छन्। हेटौंडा उपमहानगरपालिका-५ गर्दोई,शान्तिनगर क्षेत्र डुबानमा परेको छ यहाँका केहि घरमा पानी पसेको छ भने सडकमा आवतजावत गर्न कठिनाई भएको छ। सानोपोखारा बुद्धमार्गका केहि घरभित्रै पानी पसेको छ। पिप्ले, सानोपोखाराका केहि भाग, सिचाईटोल लगायतका क्षेत्र जलमग्न बनेका छन्। त्यस्तै कर्रा खोलाको पानीको सतह दिनप्रतिदिन बढ्दै गइरहेको छ। उक्त क्षेत्रमा हालसम्म कुनै भौतिक क्षति तथा मानवीय क्षति भएको छैन। थाहा नगरपालिका-२ स्थित रहेको खोल्सामा पानीको बहाब बढेकोले जोखिम रहेको तर हाल सम्म क्षती नभएको कुरा जानकारीमा आएको छ। त्यस्तै मनहरी गाउँपालिका-४/-९ का रजैया र मनहरी बाजरमा पनि राप्ती खोलाको बहाव बढेकोले जोखिम देखा पर्न थालेको छ लगातारको बर्षाका कारण मकवानपुरमा विभिन्न सडक खण्डहरू पनि अवरुद्द भएका छन्।
हेटौडा-भैसे सडकखण्डमा भिमफेदी गाउँपालिका-१ बाघझोरामा सडक अवरुद्द भएको छ। त्यस्तै भैसे-भिमफेदी-फाखेल र सिस्नेरी सडकखण्डको भिमफेदी गाउँपालिका-२ पान्द्राङ, भिमफेदी गाउँपालिका-६ गढी-देउराली सडकमा पहिरोको कारण सडक अवरुद्द भएको छ।
त्यस्तै ईन्द्रसरोबर गाउँपालिका-४ र -२ नम्बर वडाका विभिन्नमा सडकहरु अवरुद्द भएका छन्। त्यस्तै भिमफेदी गाउँपालिका-८ कोगटेमा पिचनै बगाएको छ। कान्ती लोकपथ अन्तरगत ललितपुरको भट्टेडाडा स्थित सडकमा पहिरो गएको छ भने त्रीभुवन राजपथ (भैसे पालुङ नौबिसे सडक खण्ड) भिमफेदी गाउँपालिका-९ अघोर, थाहा नगरपालिका-६ खानीगाउँ र गैरीगाउँमा पनि पहिरोको कारण सडक अवरुद्द भएको छ। साथै बढीले बन्दै गरेको सामरी खोलाको पुल पनि बगाएको छ। सम्झौता सकिएको ४ बर्ष पुगि सक्दा पनि सप्पन्न नभएको सामरी खोलामा बन्दैै गरेको पुलको एक भाग बगाएको छ । मकवानपुरगढी गाउपालिका-३ र -५ जोडनको निम्ति निर्माण हुुदै गरेको पुलको एक भाग १९ गते बिहान खोलाले बगाएको हो । यो पुल निर्माणको निम्ति सामरी खोलामा आज भन्दा ५ बर्ष अघि काम सुरु गरिएको थियो । केहि दिन देखि परेको बर्षाका कारणले गर्दा यो पुललाई पनि सामरी खोलाले बगाएको स्थानीय बासीले बताएका छन्।
विभिन्न क्षेत्रको विकास निर्माणका लागि आएको बजेट जनताका प्रतिनिधिहरूले सही ढंगले परिचालन नगरेको र समयमै राम्रोसँग काम नगर्ने तर कामको जिम्मा लिने ठेकेदारको गैरजिम्मेवारपूर्ण काम प्रति नेकपा मकवानपुरले आपत्ति जनाएका छ। उक्त विकास निर्माणका काममा सम्बन्धित निकायको समयमै ध्यान पुग्न जरुरी रहेको छ।
त्यस्तो त मकवानपुरका गाउँ बस्तीहरू व्यवस्थित र प्राकृतिक विपत्तिमुक्त नभएकोले भारी वर्षासँगै आउन सक्ने बाढीपहिरो तथा भेलबाट बच्न, बाँच्न उच्च सतर्कता अपनाएर बस्न र बाढीपहिरो आउन सक्ने सम्भावित क्षेत्र तत्काल छोडी समयमै सुरक्षित स्थान तर्फ लाग्न नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आम मकवानपुर बासीलाई हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु