नेकपा अछामको जनसम्बन्ध र संगठन बिस्तार अभियान जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामको सुदृढ जनसम्बन्ध र संगठन बिस्तार अभियान अन्तर्गत शनिवार बान्निगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा उदघाटन भएको छ ।
जयगढमा पार्टीका नेता तथा कर्याकर्ता र स्थानीय जनताको उपस्थितिमा अभियानको उदघाटन नेपाल युवा संगठनका जिल्ला सदस्य गोकुल बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो। गाउँपालिका पार्टी सचीव जोगेन्द्र बुढाको अध्यक्षता भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा कमान्ड इन्चार्ज निरक शाही रहेका थिए। इन्चार्ज शाहीले अभियानको उदेश्य जनता सामु जानू र जनतासंग जनसम्बन्ध जनताका समस्याहरु बुझेर समाधानको बाटो खोज्ने र जनताका काममा अर्गसर हुदै पार्टी बिस्तार गर्ने बताए । कार्यक्रममा अतिथिमा बान्निगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका इन्चार्ज तिलक बिष्ट थिए भने नेपाल युवा संगठन अछामका अध्यक्ष सुशील साउदले कार्यक्रम संचालन गरेका थिए । – अर्जुन लुहार