नेकपा कालिकोटको सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सदरमुकाम मान्ममा पार्टी जिल्लाको सम्पर्क कार्यालय उद्घाटन गरेको छ । अाज एक समारोहका बिच उद्घाटन गरिएको कार्यक्रममा जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता र पार्टी केन्द्रीय बैकल्पिक सदस्य बिराटको प्रमुख अातिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा जिल्लाका नागरिक समाज पत्रकार राजनिती दलहरुको उपस्थिती रहेको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै जिल्ला ईन्चार्ज बिराटले बर्तमान राज्यब्यबस्थाको उपज नै गाउगाउमा भष्टाचार ब्यबिचार अन्याय अत्यचार बढेको बताए । पहिला जनताले सिहंदरवार सुनेका थिए अाजकाल सिहदरवार र यस्को चरित्र गाउगामा देख्न र भोग्न पाउँदा जनता अाफै सिहदरवार र राज्यब्बस्था बाट भोगेर स्पस्ट भएकाछन मात्रै अब अानणदोलनमा संगठित हुन बाकी छ यदी राज्यले अाफ्नो पार्टीका एजेण्डा लाई सुनेन भने अाधीबेरी अाउने गरि अान्दोलन हुने चेतावनी दिए । यस्तै कार्यक्रमको समापन गर्दै जिल्ला सेक्रेटरी रणदिपले जनताका एजेण्डा लाई स्थापित गर्न जनताका काममा सहयोग गर्न राष्टीयता जनतन्त्र जनजिबिकाको मुद्दा लाई लिएर निरन्तर संघर्ष को नेतृत्व गर्न ३ बुदे सहमती को कार्यन्वयनको लागि दवाब सृजना गर्न सम्पर्ककार्यलयको जरुरी ठानेका हौ भन्दै सबै पत्रकार नागरिकसमाज राजनितीक दललाई रचनात्मक सहयोग गर्न अपिल गरेका थिए ।