नेकपा चितवनद्वारा दार्चुला घटना र भारतीय ज्यादतीविरुद्ध विरोध सभा

२०७८ श्रावण १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएर नेपाली युवक जयसिंह धामीको हत्या गरेको घटनाको विरुद्ध र्यालीसहित विरोध सभा सम्पन्न गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार भरतपुरको चौबीसकोठिबाट निस्किएको विरोध र्याली विरेन्द्र क्याम्पस गेटमा पुगेर सभामा परिणत भएको थियो । नेकपाले यस घटना नेपालीमाथि भारतीय पक्षको क्रुर ज्यादती भएको बताउँदै सिमामा नेपालीमाथि हुने यस्ता प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनीसमेत दिएको छ । साथै नेकपाले कालापनी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता नेपाली भू–भाग भएकोले भारतीय पक्षलाई उक्त भू–भाग छोड्नसमेत आग्रह गरेको छ । नेकपा चितवनले आयोजना गरेको विरोध र्यालीमा भारतीय साम्राज्यवाद– मुर्दावाद ! नेपाल कम्युनिस्ट पार्टी –जिन्दावाद !! जयसिंह धामीलाई न्याय दे ! नेपाल र नेपाली माथि भएको हत्याहिंसा बन्द गर !! घटनामा सङ्लग्न दोषीलाई कारवाही गर ! जस्ता नारा लगाइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु