नागार्जुन र तारकेस्वरमा जनसेवा तथा संगठन विस्तार अभियान सुरु

२०७८ श्रावण २० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले नागार्जुन र तारकेस्वरमा संयुक्त जनसेवा तथा संगठन विस्तार अभियान सुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टीका नेता सन्तोष बुढामगरले उक्त संयुक्त जनसेवा तथा संगठन विस्तार अभियानको आज उद्घाटन गरेका छन । ‘टोलटोलमा जाऔँ, गल्लि गल्लिमा जाऔँ, वैज्ञानिक समाजवादको लहर फैलाऔँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा सन्तोष बुढामगर रहेका यही भने अतिथि माईला लामा, तुल्सिनारायण महर्जन लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]