नेकपा दार्चुलाद्वारा धामीको परिवारलाई आर्थिक सहयोग

२०७८ श्रावण २३ गते, शनिबार



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जयसिँह धामीको परिवारलाई आर्थिक सहयोग गरेको छ । गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको थियो । उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भिर, अक्षम्य र निन्दनीय भएको बताउदै नेकपाले घटनाको तदारुकताका साथ छानवीन गरि सत्यतथ्य नेपाली जनतासामु सार्वजनिक गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसंग जोडदार माग देशव्यापी रुपममा संघर्ष चर्काउदै आएको छ ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले जयसिँह धामीको बुबा दलेसिङ धामीलाई रु आठ हजार सहयोग स्वरुप प्रदान गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]