जनअधिकार मन्च दार्चुला घटनाको स्थलगत प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौं । जनअधिकार मन्च नेपालले जयसिहं धामीको दार्चुला तुईन घटनाको स्थलगत प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । जनअधिकार मन्चको एक टोलीले भारतीय सिमा सुरक्षा बलका जवानले तुइन काटेर दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीलाई बेपत्ता बनाएको घटनास्थल पुगेर उक्त घटनाको निरीक्षण गरि फर्किएको छ । सोही टोलीले आज मध्यान्ह १२ बजे सम्वाद डवली , अनामनगरमा पत्रकार सम्मेलन गर्न लागेको छ । जनअधिकार मन्च नेपालले उक्त पत्रकार सम्मेलनमा सवैलाई हार्दिक निमन्त्रणासमेत गरेको छ ।