चट्याङ लागेर दुई जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । राती परेको चट्याङमा परी गुल्मीमा दुई जनाको मृत्यु भएको छ । इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इस्मा गाउँपालिका ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिकाकी २८ वर्षीया कमला प्रतेल रहेका छन् । चट्याङमा परी मृतक गन्धर्वका ४२ वर्षीय बुवा राम बहादुर गन्धर्व सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए । घाईतेहरुको लुम्विनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।