नेकपा बर्दियाद्वारा खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले गुलरिया नगरपालिकाका युवा र विद्यार्थीहरुलाई खेलकुद तथा विभिन्न सामग्री हस्तान्तरण गरेको छ। खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम गुलरिया नगर सेक्रेटरी पदमको अध्यक्षतामा सम्पन्न भएको हो। सो पार्टीका गुलरिया नगर इन्चार्ज तपेन्द्र रसाइली ( घर्तिको ) विशेष पहलमा गुलरिया नगर युवा विद्यार्थीहरुलाई खेलकुद तथा विभिन्न सामग्री हस्तान्तरण भएको हो । – रमेश प्याकुरेल